प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, ९ जना पक्राउ
२०७७ असोज १८ गते

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरिएको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल जाादै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।
प्रहरीले केही राउन्ड हवाई फायर पनि गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलका अगुवा तथा पछुवाको गाडिमासमेत क्षति भएको जनाइएको छ।
प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहितले आनदोलन गर्दै आएका छन् ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









