१,३२९ काेराेना संक्रमित निको हुँदा २२५३ जनामा संक्रमण पुष्टि, काठमाडाैंमा उच्च संक्रमण
२०७७ असोज १८ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२९ जना कोरोना संक्रमित निको हुँदा २ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन ।
प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार २०३ जना रहेका छन् । २२ हजार २१९ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै १२ हजार ७८४ जनाकाे पीसीआर परीक्षण भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंमा मात्रै एक हजार ३७३ जना रहेका छन् । यस्तै भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









