सांसद गगन थापालाई कोरोना संक्रमण
२०७७ असोज १७ गते

गगन थापा, फाेटाे फायल
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।
असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा आफूमा कोरोना संक्रमण भएको उनले बताएका छन् । अहिले उनी होम आइसोलेसनमा छन् । स्वासथ्य अवस्था सामान्य छ ।
‘असोज १५ गते पार्टी कार्यालयमा भएको एऋच् परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छ’, उनले फेसबुकमा लेखेका छन् ।
सांसद थापाले आफ्नो सम्पर्कमा रहेका सबैले सजगता अपनाउन समेत अनुरोध गरेका छन् ।

२०७७ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









