प्रधानमन्त्री निवास बालुवाटारका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि
२०७७ असोज १७ गते

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
अझै केही रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
२०७७ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









