विराटनगरका एक काेराेना संक्रमितकाे मृत्यु
२०७७ असोज १७ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विराटनगमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
विराटनगरकी ६८ वर्षीया महिलाको आज (शनिबार) बिहान कोशी अस्पतालमा मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो ।
२०७७ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









