शुक्रबार थपिए अहिलेसम्मकै उच्च संक्रमित : दुई हजार ७२२ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने तीन हजार ३०७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित ८२ हजार ४५० मध्ये ६० हजार ६९६ जना डिस्चार्ज भइसकेका छन् । २१ हजार २३४ सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

आज क्वारेन्टिनमा ४ हजार ८८५ जना रहेका छन् ।

प्रतिक्रिया