काेराेना संक्रमणबाट रुपन्देहीमा एक पुरूषकाे मृत्यु

रुपन्देही । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट रूपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

असोज ११ गते कोरोना पोजेटिभ देखिएका ती पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ः५० मा मृत्यु भएको हो ।

सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

प्रतिक्रिया