हेटौंडाका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल भरतपुरमा उपचाररत मकवानपुरको हेटौंडा-७ न्युरेनिका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान ७ः३० बजे मृत्यु भएको हो ।

उनी निमोनउनिका बिरामी समेत थिए । स्वास्थ्यमा समस्या आएपछि नयां मेडिकल कलेज भरतपुरमा उपचार गराई रहेकोमा बिहिवार राती रिफर भइ जिल्ला अस्पताल भरतपुर ल्याइएको थियो । जिल्ला अस्पताल भरतपुरमा आई ओभिड आइसियुमा भर्ना भएकोमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया