काेराेना संक्रमणबाट धरानकी ३८ वर्षीय महिलाकाे वीपी प्रतिष्ठानमा मृत्यु
२०७७ असोज १२ गते

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक ३८ वर्षिय महिला कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा अनुसार आज विहान ५ः४५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा ती महिलाको निधन भएको हो ।
ज्वरो, खोकी, स्वासप्रस्वास र निमोनियाको लक्षण देखिएपछि उनलाई हिजो राति साँढे ११ बजे प्रतिष्ठानको इमरजेन्सी ल्याइएको थियो । त्यहाँ उनको स्वास्थ्य परीक्षण गर्दा अत्याधिक मात्रामा ब्लडसुगर मात्र देखिएको थियो ।
गएराती नै उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।
धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
२०७७ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित









