ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु
मकालु खबर
२०७७ असोज १० गते
चितवन । चितवनको टिकौली जंगलमा ट्रकको ठक्करबाट शुक्रबार राति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ ख १३६४ नं को ट्रकले ना ६४ प ८३६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए ।
घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा रातिनै मृत्यु भएको हो ।
मकालु खबर
२०७७ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित