धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने लाक्पा पक्राउ
२०७७ असोज ८ गते

ताप्लेजुङ । धारिलो हतियार प्रहार गरी ३ जनालाई घाइते बनाएको अभियोगमा सिरिजंघा गाउँपालिका-८ तारतुम बस्ने २२ वर्षीय लाक्पा भोटेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ छिरिङडाँडास्थित आफ्न्तको घरमा बेलुकाको खाना खाई बसेकोमा भोटेले धारिलो हतियार बाम्फोकले प्रहार गर्दा सोही ठाउँ बस्ने ६० वर्षीया लाक्पा फुटि भोटे, उनकै छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय पासाङ छिरिङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी याम्फुदिनबाट खटिएको प्रहरीले लाक्पालाई हतियार सहित पक्राउ गरेको हो ।
घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी याम्फुदिन पठाइएको प्रहरीले जनाएकाे छ ।
२०७७ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








