बर्दियाका काेराेना संक्रमित पुरूषकाे बाँकेमा मृत्यु
२०७७ असोज ७ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बर्दियाका एक पुरुषको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो । उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
उनलाई असोज ४ गते बिहान अस्पताल भर्ना गरिएको थियो । असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनको फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएको थियो । यसैका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०७७ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित









