काेराेना अपडेट : मंगलबार १३५६ संक्रमित थपिए, ८२३ डिस्चार्ज, २ जनाकाे मृत्यु
मकालु खबर
२०७७ असोज ६ गते
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर एक हजार ३५६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले यसबारे पुष्टि गरेका हुन् । प्रवक्ता गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । याेसँगै कुल संक्रमित संख्या ६६ हजार ६३२ पुगेकाे छ । संक्रमितमध्ये ४८ हजार ६१ जना डिस्चार्ज भइसकेका छन् ।
७ हजार १७१ जना क्वारेन्टिनमा छन् । १८ हजार १४२ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ४२९ पुगेकाे छ ।
मकालु खबर
२०७७ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित