कतै तपाईँ दहीसँग यी खानेकुरा त खाइरहनु भएको छैन ? स्वास्थ्यमा पुग्छ असर !

एजेन्सी । कुनै खानेकुरा धेरै खाँदा स्वास्थ्यमा बेफाइदा पुग्छ भने थाेरै खाँदा स्वस्थ भइन्छ । कुनै खानेकुराले अन्य खानेकुरासँग मिसाएर खाँदा असर पुर्याउँछ भने कुनै खानेकुरा सिंगल खाँदा स्वास्थ्यमा फाइदा पुग्छ ।

यस्तै खानेकुराहरूकाे सूचीमा पर्छ दही पनि । दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ ।

आयुर्वेदका अनुसार यी ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन : 

प्याज– दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ ।

माछा – दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुन सक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ ।

आँप– दहीमा आँप काटेर हालेर खाने गरिन्छ । तर, यो उति नै बेफाइदाजनक हुन्छ । यसले शरीरमा चिसो र गर्मी एकसाथ पैदा गराउँछ । जसले छालासँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

मासको दाल– आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

दूध– दूध र दही एकसाथ खान हुँदैन । दूध र दही एकसाथ खाँदा एसीडिटीसँग र ग्यास जस्ता समस्या पैदा हुन्छ ।

तेलयुक्त पदार्थ – पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ ।

प्रतिक्रिया