महालक्ष्मी नगरपालिकाका नगरप्रमुखलाई कोरोना पुष्टि
मकालु खबर
२०७७ भदौ ३० गते
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।
उनले भने, ‘म हाल किष्ट मेडिकल कलेज ग्वार्कामा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।’
मकालु खबर
२०७७ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित