नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल जारी

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

गत १३ साउनबाट स्थगित बैठक अध्यक्षद्वयको सहमतिमा आज बसेको हो । स्थायी कमिटी बैठक गत असार १० गतेदेखि शुरु भएको थियो । तर, सुरुवातदेखि नै विवादका कारण बैठक १३ साउनमा  उत्कर्षमा पुगेको थियो ।

त्यसदिन ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफू पक्षका सदस्यहरुको उपस्थितिमा बैठक जारी राखेका थिए ।

१३ साउनको बैठकले अर्का अध्यक्ष ओलीसँग छलफल गरी छिटो बैठक बोलाउने पहलकदमी लिने जिम्मा प्रचण्डलाई दिएको थियो ।

दुई अध्यक्षले गत साउन ३० गते पार्टी विवाद समाधानका लागि उपाय सुझाउन ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सो कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनलाई नै केन्द्रमा राखेर अध्यक्षद्वयले आजको बैठकमा पेश गरिने प्रस्तावहरु हिजै तयार पारिसकेका थिए ।

आजको बैठकमा सोही प्रस्तावमाथि छलफल भइरहेको एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया