स्थायी कमिटीमा लैजाने प्रस्ताव तयार, प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने [पूर्णपाठ]

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६ भदौमा बस्ने स्थायी कमिटीको बैठकका लागि अध्यक्षद्वयले प्रस्ताव तयार पारेका छन् । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफलले १५ बुँदे प्रस्ताव तयार पारेको हो ।

प्रस्तावमा पार्टी विभाजनको संघारमा पुगे पनि विभाजन हुनबाट बच्न सफल भएको उल्लेख छ भने दुवै अध्यक्षको कार्यविभाजन गरिएको छ । अब अध्यक्ष प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्तावमा भनिएको छ । उक्त प्रस्तावमा सरकारको काम प्रधानमन्त्रीको हैसियतमा ओलीले र पार्टी काम कार्यकारी अध्यक्षको हैसियतमा दाहालले गर्ने उल्लेख छ ।

ओली र दाहालवीच बुधबार भएको छलफलपछि स्थायी कमिटी बैठकमा पेश गर्न १५ पृष्ठ लामो प्रस्ताव तयार भएको हो । प्रस्ताव तयार भएलगत्तै प्रस्ताव अध्ययनका लागि स्थायी कमिटी सदस्यकहाँ पठाइएको छ । प्रस्तावमा पार्टीको केन्द्रीय कमिटीको बैठक १५ कार्तिमा बोलाउने र महाधिवेशन कार्ययोजना पारित गर्ने भनिएको छ ।

चैतमा महाधिवेशन गर्ने तयारी गर्ने गरी काम गर्ने प्रस्तावमा छ भने मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय पनि प्रस्तावमा उल्लेख गरिएको छ । यसैगरी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धि कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने र उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्टपार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने पनि प्रस्तावमा छ ।

पूर्ण पाठः



 

प्रतिक्रिया