नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक शुक्रबार (आज) बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकअघि आजै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।

पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि अध्यक्षद्वयले सुझाव कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझावका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समधानको दिशामा गएको हो ।

अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ ।



प्रतिक्रिया