उद्योग बाणिज्य महासंघको निर्वाचन गर्न तीन मोडलको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको कार्यलाई कसरी अगाडी बढाउने प्रतिवेदन महासंघका अध्यक्ष भवानी राणालाई सुझाव बुझाएको छ ।

महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । सो समितिले सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड १९ उच्चस्तरीय जोखिम व्यवस्थापन केन्द्र, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । सोही अनुसार प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी

क) सबै क्षेत्र (जिल्लारनगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा,

ख) जिल्ला\नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा र

ग) कम्प्युटराइजरई–भोटिङमार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =