पुल्चोककाे झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि
२०७७ भदौ १९ गते

तस्विरः बाह्रखरी
काठमाडौं । शुक्रबार ५६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ जना बिहीबार ललितपुरकाे पुल्चाेकमा रथयात्राका क्रममा भएकाे झडपमा खटिएका प्रहरी रहेका छन् ।
केही दिनअघि पीसीआर परीक्षणका लागि उनीहरूकाे स्वाब संकलन गरिएकाे थियाे । शुक्रबार रिपाेर्ट पाेजेटिभ आएको हो ।
झडप नियन्त्रणमा खटिएका १८ जनासहित महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









