पुल्चोककाे झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । शुक्रबार ५६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (काेभिड १९)  संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ जना  बिहीबार ललितपुरकाे पुल्चाेकमा रथयात्राका क्रममा भएकाे झडपमा खटिएका प्रहरी रहेका छन् ।

केही दिनअघि पीसीआर परीक्षणका लागि उनीहरूकाे स्वाब संकलन गरिएकाे थियाे । शुक्रबार रिपाेर्ट पाेजेटिभ आएको हो ।

झडप नियन्त्रणमा खटिएका १८ जनासहित महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =