हिजाे बिचबाटाे बाटै फर्किएका गृहमन्त्री राहत लिएर आज पुगे ढोरपाटन

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङकाे ढोरपाटन नगरपालिकाका विभिन्न ठाउँमा गएकाे बाढीपहिराेकाे अवलाेकन गर्न तथा राहत वितरण गर्न त्यस क्षेत्रमा पुगेका छन् ।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित गृहमन्त्रीसहितकाे टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईले जानकारी दिए ।

बिहीबार पनि गृहमन्त्रीसहित सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल सेनाकाे हेलिप्टरमार्फत् बागलुङ हिँडेका थिए । तर खराब माैसमका कारण स्याङजा पुगिसकेकाे हेलिकप्टर पाेखरामा केही बेर राेकिएर पुनः काठमाडाैं फर्किएकाे थियाे । बिहीबार बीच बाटोबाटै फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन् ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =