चितवनमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण बढेको छ । जिल्लाका ७४ जनामा एकैदिन कोरोना पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ७४ जनासहित १०६ जनामा कोरोना पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भरतपुर महानगरपालिकाका मात्रै ५६ जना रहेका छन । त्यस्तै राप्ती नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, रत्ननगरका ३ र कालिकाका १ जना रहेका छन । ३२ जना संक्रमित जिल्ला बाहिरका छन ।

चितवन मेडिकल कलेजमा भरतपुर अस्पतालले ७७८ वटा नमुना पठाएको थियो । त्यसैको परिक्षण गरिएको हो । यता भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले ३०२ वटा नमुना परिक्षण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =