बकुलहर रत्ननगर अस्पताललाई पिसिआर मेसिन दिने प्रदेश सरकारको निर्णय 

  • ध्रुवराज खनाल

चितवन । बागमती प्रदेश सरकारले चितवनको बकुलहर रत्ननगर अस्पताललाई कोरोना परिक्षण मेसिन उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले रत्ननगर अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले पिसिआर मेसिनसहित त्यसको व्यवस्थापन र सञ्चालन तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रुपैयाँ समेत दिने निर्णय गरेको प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको छ । पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पिसिआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापनका लागि माग गरेका थिए । त्यस्तै भरतपुर महानगरलाइ कोरोना नियन्त्रणका एक करोड रुपैयाँ समेत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको कृषि मन्त्री लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =