त्रिवि शिक्षण अस्पतालमा थप दुई काेराेना संक्रमितकाे मृत्यु
२०७७ भदौ १७ गते

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ३० वर्षीया महिलासहित दुई जनाकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । मृतक ३० वर्षीया महिला मिर्गौला रोगी थिइन् । उनलाई गम्भीर अवस्थामा अल्का अस्पतालबाट मंगलबार मात्रै त्रिवि अस्पतालमा ल्याइएकाे थियाे । मंगलबार साँझ नै उनकाे मृत्यु भएकाे हाे ।
यस्तै तनहुँका एक वृद्ध पुरुषको पनि हिजाे साँझ नै त्रिवि अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ । दुवै मृतकको शव शिक्षण अस्पतालमै छ । आजै व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।
२०७७ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित









