त्रिवि शिक्षण अस्पतालमा थप दुई काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ३० वर्षीया महिलासहित दुई जनाकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । मृतक ३० वर्षीया महिला मिर्गौला रोगी थिइन् । उनलाई गम्भीर अवस्थामा अल्का अस्पतालबाट मंगलबार मात्रै त्रिवि अस्पतालमा ल्याइएकाे थियाे । मंगलबार साँझ नै उनकाे मृत्यु भएकाे हाे ।

यस्तै तनहुँका एक वृद्ध पुरुषको पनि हिजाे साँझ नै त्रिवि अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ । दुवै मृतकको शव शिक्षण अस्पतालमै छ । आजै व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =