केन्द्रिय कारागारमा तीन कैदीकाे मृत्यु, मृतक एक जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट केन्द्रीय कारागार सुन्धारामा एक कैदीकाे ज्यान गएकाे छ । तीन कैदीकाे ज्यान गएकाेमा एक ४० वर्षीय कैदीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनी कञ्चनपुरका हुन्

मृतक कैदी क्षयराेगका बिरामी थिए । मानसिक समस्या पनि रहेकाे केन्द्रिय कारागारले जनाएकाे छ । उनकाे मेगा अस्पतालमा उपचारका क्रममा साेमबार राति मृत्यु भएकाे हाे ।

यस्तै मंगलबार बिहान थप २ जना कैदीको पनि वीर अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको छ । तीमध्ये एककाे रिपाेर्ट नेगेटिभ आइसकेको छ भने अर्काे एक जनाकाे काेराेना रिपाेर्ट आइसकेको छैन । उनीहरू दुवै दमका राेगी थिए ।

केन्द्रीय कारागारमा मात्रै कोरोना संक्रमित कैदीको संख्या ५२ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =