मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्यलाई आज(सोमबार) कोरोना संक्रमण पुष्टि भएको हो ।

शाक्यले आफूलाई कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको मकालु खबरलाई जानकारी दिएका छन् । उनले आफू र श्रीमती ग्रान्डीमा जाँच गर्न गएका र आफ्नो पोजेटिभ रिपोर्ट देखिएको र श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको जानकारी दिएका छन् ।

उनले आफूलाई रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसिरहेको बताए । उनले भने,‘स्वास्थ्य अवस्था सामान्य छ, अहिले घरमै बसिरहेको छु ।’

उनले केही दिन अगाडी आफूलाई अलिकति थकान महसुस भएको तर अन्य कुनै पनि लक्षण नदेखिएको बताए । ‘केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको थिया, लक्षण देखिएन, अलिक थकान महशुस भएको थियो’
उनले भने ।

शाक्यले श्रीमतीलाई ज्वरो आएका कारण आइतबार बिहान ग्रान्डी अस्पताल गएका र त्यहीँ कोरोना परीक्षणका लागि स्वाव दिएको बताए । उनले भने,‘श्रीमतीलाई ज्वरो आएपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौं, त्यही बेला पीसीआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं, आज अस्पतालले मेरो मात्रै पोजेटिभ देखियो भनेर खबर जानकारी गरायो ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =