सुनको मूल्य बढ्यो, कारोबार कतिमा?
२०७७ भदौ १५ गते

काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भइ ९७ हजार ५ सय रुपैयाँ पुगेको हो ।
तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९७ हजार पुगेको छ । चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ ।
२०७७ भदौ १५ गते
प्रतिक्रिया









