को बन्ला नयाँ अर्थमन्त्री ? यी हुन्, आकांक्षीहरु !

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यअवधि आगामी २० भदौमा सकिँदैछ । खतिवडालाई मन्त्री पदमा कायमै राख्न राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनित गराउनुपर्छ ।

सत्तारुढ दल नेकपाभित्र खतिवडाकै कारण विवाद उत्पन्न भइरहेको कारणले पनि उनको ठाउँमा अरु नै अर्थमन्त्री भएर आउने पक्का जस्तै छ । डा. खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाएर पुनः अर्थमन्त्रीमा कायम राख्ने सम्भावना कम भएको छ ।

पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई मिलाउन पनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अब डा. खतिवडाको विकल्प खोज्नैपर्ने अवस्था पुगिसकेका छन् ।

नयाँ अर्थमन्त्रीको लागि पूर्वअर्थमन्त्रीदेखि अन्य नेताहरु दौडमा छन् । नयाँ अर्थमन्त्री बन्नका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वअर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेलको नाम पनि चर्चाटमा छ ।

प्रधानमन्त्री ओलीलाई सहयोग गर्दै पार्टीको विवाद मिलाउन ६ बुँदे प्रस्ताव ल्याउने बामदेव गौतम पनि नयाँ अर्थमन्त्रीका आकांक्षी हुन् । राष्ट्रिय सभा सदस्य बन्दिनँ भनेर भनेका गौतमले अर्थमन्त्री बन्ने शर्तमा राष्ट्रिय सभा स्वीकार गर्न सक्ने सम्भावना बढ्दै गएको छ ।

त्यस्तै नारायणकाजी श्रेष्ठलाई पनि अर्थमन्त्रीको दावेदारका रुपमा रहेका छन् । ऊर्जा र गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा राम्रो काम गरेका जनार्दन शर्माले पनि अर्थमन्त्रीको आकांक्षीका रुपमा रहेका छन् । अहिलेका रक्षामन्त्री ईश्वर पोखरेल पनि अर्थमन्त्रीका लागि लागिपरेका छन् । पहिले पनि उनले अर्थमन्त्री नै हुन चाहेका थिए । पोखरेलले अर्थमन्त्री नपाएपछि रक्षामन्त्री भएका थिए ।

प्रधानमन्त्रीपछिको बलियो मानिने अर्थमन्त्रालयको बागडोर कसले सम्हाल्छ भन्ने चर्चा सबैतिर शुरु भएको छ । नयाँ अर्थमन्त्रीको दौडमा पूर्वएमाले र पूर्वमाओवादी प्रभावशाली नेताहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =