चितवनमा संक्रमित बढ्दै, थप २० जना कोरोना पुष्टि
२०७७ भदौ ११ गते

सांकेतिक तस्वीर। मकालु खबर।
चितवन । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएको चितवनमा थप २० जनामा संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबारनै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । चितवन मेडिकल कलेजले बिहिबार सार्बजनिक गरेको रिपोर्ट अनुसार भरतपुर महानगरपालिकाका १६ जना र रत्ननगर नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा ७ जना पुरुष र १३ जना महिला छन् ।
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित









