ललितपुरस्थित पाटन अस्पतालमा २ कोरोना सङ्क्रमितको मृत्यु
२०७७ भदौ ८ गते

ललितपुर । पाटन अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
सोमबार साँझ काठमाडौँका एक र धनुषाका एक जना गरी दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
भदौ ६ गते पाटन अस्पताल भर्ना गरिएका काठमाडौँका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।
त्यस्तै गत साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचार गराइरहेका धनुषाका ७६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








