१७५ जना कोरोना संक्रमित निको भएर फर्किँदा ७४३ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै २२४ संक्रमित थपिए
२०७७ भदौ ८ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् भने ७४३ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै २२४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १७७, भक्तपुरका १४ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित विभिन्न जिल्लाका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ भने संक्रमितमध्ये १८ हजार ८०० जना निको भएर फर्किसकेका छन् ।
१३ हजार ७१५ संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ । होम आइसोलेसनमा ४ हजार ५६१ संक्रमित रहेका छन् । क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् ।
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित









