गाडी चालकमा कोरोना पुष्टि भएपछि सुदूरपश्चिका मुख्यमन्त्री क्वारेन्टिनमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । आइतबार गाडी चालकमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा बस्न थालेका हुन् ।

मुख्यमन्त्री भट्टका गाडी चालकमा कोरोना पुष्टि भएपछि भट्टका परिवारका सदस्यको पनि परीक्षणका लागि स्वाव संकलनको तयारी भइरहेको उनका स्वकीय सचिव शिवसिंह आलीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =