चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कारवाही हुने !
२०७७ भदौ ७ गते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।
कोभिड १९ को संक्रमण बढिरहेको वर्तमान परिप्रेक्षमा स्वास्थ्यकर्मी चिकित्सकहरुले दिनरात नभनि काम गरिरहेको अवस्थामा उनीहरुमाथि दुर्व्यवहार गर्नेमाथि कारवाही गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनले भने, ‘चितवनमा चिकित्सकको घरमा फेलेक्स टाँग्ने, काठमाडौंमा सिभिल अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरु राखिएको ठाउँमा राख्न दिँदैनौँ भनेर हुलदंगा गर्ने व्यक्तिहरुलाई कानुनी कारवाही गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलार्य सूचना गरिसकिएको छ ।’
यस्तै उनले कतिपय ठाउँमा डाइपर लगाएर, खाना र खाजा समेत नखाइ बिरामीकाे सेवामा अहाेरात्र खटिएका स्वास्थ्यकर्मीकाे उच्च मुल्यांकन गर्ने पनि बताए ।
२०७७ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित









