महाराजगञ्ज वृत्तका एक थुनुवा र ५ प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक थुनुवा र ५ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको हत्या अभियोगमा पक्राउ परेका अभियुक्तमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका प्रहरीको पनि कोरोना परीक्षण गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका ५ प्रहरीमा पनि संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ भने अभियुक्तलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =