पत्रकार र स्वास्थ्यकर्मीसहित पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ ७ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । बारा र पर्सामा १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३२० वटा स्वाब नमूना परीक्षण गर्दा १५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
३२० जनाकाे परीक्षण गर्दा १५६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको अस्पतालले जनाएकाे हाे । संक्रमितमध्ये ३४ जना महिला र १२२ जना पुरूष रहेका छन् । संक्रमितहरू ३ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् ।
संक्रमित हुनेहरूमा नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, पत्रकार र नेपाली सेनामा समेत काेराेना पुष्टि भएकाे छ ।
पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भइसकेकाे छ ।
२०७७ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित









