भरतपुरमा उपचाररत हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला पठाइएको थियो ।

तर रिपोर्ट नआउँदै मृत्यु भएको हो । कलेजो सम्बन्धी उपचारका लागि ती महिलालाई साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि शनिबार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =