वीरगञ्जमा २० कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किए

वीरगञ्ज । वीरगञ्जमा २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

त्यहाँस्थित होटल रानीपोखरी सेमीआइसोलेशन सेन्टरमा बसेका २० जना संक्रमित संक्रमणमुक्त भएर घर फर्केका हुन् ।

होटल रानीपोखरीमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जनालाई घर पठाइएको आइसोलेशनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिए ।

वीरगञ्ज–२५ सिर्सिया बस्ने ४६, ५८, ६०, ४८, ५०, ४२, ३६, ५०, ५५ र ७२ वर्षीय पुरुष संक्रमणमुक्त भएका छन् । यस्तै वीरगञ्ज नगवा बस्ने २५ र २६ वर्षीय युवक पनि संक्रमणमुक्त भएर घर फर्केका छन् ।

यसैगरी वीरगञ्ज प्रगतीनगर बस्ने २४ वर्षीया महिला र ५५ वर्षीय पुरुष पनि संक्रमणमुक्त भएका छन् । वीरगञ्ज छपकैया बस्ने ४७ वर्षीय पुरुष, रामगढवाका १६ वर्षीय पुरुष, श्रीपुरका ६० वर्षीय पुरुष र २३ वर्षीय युवक तथा पावरहाउस बस्ने १९ वर्षीय युवक र वीरगञ्ज–१३ का २३ वर्षीय युवक पनि घर फर्केका छन् ।

यसअघि पर्सामा ७२ जना महिलासहित ३ सय ४५ जना कोरोनामुक्त भई घर फर्केका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =