सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बिइ ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार महमुदले लिई आएको लगेजहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजको लगेजहरुबाट उक्त सामग्री फेला परेको हो ।

उनको साथबाट रजनीगन्धा रु एक लाख २० हजार, पान पराग रु २२ हजार ७५०, कथा नामक डब्बा रु २८ हजार ३५० र १०० एमटिएस लेखिएको पोका तौल २५ केजीको रु ३० हजार गरी कूल जम्मा रकम दुई लाख एक हजार १०० बराबरको सुर्तीजन्य पदार्थहरु तथा अन्य सामग्री लुकाई छिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

ती पाकिस्तानी नागरिकलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रवक्ता सिलवालले बताए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =