धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं । काभ्रेमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको धुलिखेल ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिसाबमा समस्या देखिएपछि अस्पताल ल्याइएको उनको पीसीआर परीक्षण गर्दा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाब नली तथा मधुमेह र दमका रोगी रहेको उनको उपचारका क्रममा गएराती मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार मृतकको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भएको छ । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =