चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितमध्ये ७ जना भरतपुर महानगरपालिकाका हुन भने ३ जना राप्ती नगरपालिकाका छन् । मकवानपुरका ६० वर्षीय पुरुषको स्वाब भरतपुरकै आशा अस्पतालबाट लिइएको हो । भरतपुरकै पुरानो मेडिकल कलेजबाट स्वाब लिइएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

आज संक्रमित पुष्टि हुनेहरु अधिकांश क्वारेन्टिनका छन् । उनीहरु ६ देखि ८६ वर्ष सम्मका छन् । आजसम्ममा चितवनका २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =