प्रदेश १ मा थपिए १ सय ३ सङ्क्रमित
२०७७ साउन ३२ गते

सांकेतिक तस्बिर
विराटनगर । प्रदेश नम्बर १ मा आज (आइतबार) १ सय ३ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।
मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा आज ८६ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।
बुढीगंगामा ३, धनपालथानमा २ र कटहरिमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहबीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १० पुगेको छ ।
२०७७ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








