विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ । विराटनगरमा आइतबार बिहान ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा संक्रमितको संख्या ५ सय २३ पुगेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार थपिएका संक्रमितहरु ५ देखि ६३ वर्षका रहेका छन् । उनीहरूको २७ र २८ गते स्वाब संकलन भएको थियो । संक्रमितमध्ये २४ जना पुरुष र १९ जना महिला छन् । विराटनगरमा शनिबार दिउँसो ३८ जना कोरोना संक्रमित थपिएका थिए ।

सबैभन्दा बढी विराटनगर– ६ मा ७ जना संक्रमित थपिएका छन् भने विराटनगर ३,९, ११ र १५ मा ६–६ जना, विराटनगर २ र ५ मा ४–४ जना, विराटनगर ४ मा ३ जना, त्यस्तै विराटनगर ८ मा १ जना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये ८६ जना कोरोना जितेर घर फर्किसकेका छन् भने ७ जना संक्रमितकाे मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =