भरतपुर अस्पतालका मेसुसहित तीन चिकित्सकमा कोरोना पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

आइबार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा. अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।

शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका अध्यक्ष डा. अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =