कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतक संख्या १०० पुग्यो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३० गते
![कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतक संख्या १०० पुग्यो](https://www.makalukhabar.com/wp-content/uploads/2020/07/corona-update-new-final-1.png)
सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । आज (शुक्रबार) प्रदेश नम्बर २ मा थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या एक सय पुगेको हो ।
मृतक धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष रहेका छन् । त्यहाँकाे सामाजिक विकास मन्त्रालयले यसबारे पुष्टि गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेकाे छ ।
प्रदेश २ मा हालसम्म ४२ जनाकाे मृत्यु भएकाे छ । आज मात्रै ४८ संक्रमित निकाे भएर घर फर्किसकेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित