कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतक संख्या १०० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । आज (शुक्रबार) प्रदेश नम्बर २ मा थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या एक सय पुगेको हो ।

मृतक धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष रहेका छन् । त्यहाँकाे सामाजिक विकास मन्त्रालयले यसबारे पुष्टि गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेकाे छ ।

प्रदेश २ मा हालसम्म ४२ जनाकाे मृत्यु भएकाे छ । आज  मात्रै ४८ संक्रमित निकाे भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *