वीपी प्रतिष्ठानमा थप ४ जना संक्रमित भर्ना, ३ जना डिस्चार्ज
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३० गते
![वीपी प्रतिष्ठानमा थप ४ जना संक्रमित भर्ना, ३ जना डिस्चार्ज](https://www.makalukhabar.com/wp-content/uploads/2020/05/bpkihsa.jpg)
काठमाडौं । पछिल्लो २४ घण्टामा धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना संक्रमित भर्ना भएका छन् ।
थप ४ जना संक्रमित भर्ना भएको त्यहाँका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा नै थप ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ३२५ जना संक्रमणमुक्त भएर फर्किसकेका छन् ।
हाल प्रतिष्ठानमा ९२ जना संक्रमितकाे उपचार भइरहेकाे छ । प्रतिष्ठानमा हालसम्म २३ हजार ५६ जनाकाे पीसीआर परीक्षण भएको छ । हालसम्म वीपीमा उपचाररत् ६ संक्रमितकाे मृत्यु भइसकेकाे छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित