वीपी प्रतिष्ठानमा थप ४ जना संक्रमित भर्ना, ३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना संक्रमित भर्ना भएका छन् ।

थप ४ जना संक्रमित भर्ना भएको त्यहाँका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा नै थप ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ३२५ जना संक्रमणमुक्त भएर फर्किसकेका छन् ।

हाल प्रतिष्ठानमा ९२ जना संक्रमितकाे उपचार भइरहेकाे छ । प्रतिष्ठानमा हालसम्म २३ हजार ५६ जनाकाे पीसीआर परीक्षण भएको छ । हालसम्म वीपीमा उपचाररत् ६ संक्रमितकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *