अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण
२०७७ साउन २७ गते

फाेटाे फाइल
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ । आयुक्त घिमिरेलार्ई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
केही दिन अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रहरीलाई पनि कोरोना संक्रमण भएको थियो । आयुक्त घिमिरेलाइको ड्राइभर र पछुवा गाडीमा हिँड्ने यस अघि नै कोरोना संक्रमण देखिएको थियो ।
ड्राइभर र पछुवालाई कोरोना देखिए पछि घिमिरे कार्यालय आएका छैनन् । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ । अख्तियारका अरू कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।
२०७७ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








